नेकपाका दुवै समूहले पठाए आयोगमा जवाफ

44
  •  
  •  
  •  


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुवै समूहले निर्वाचन आयोगमा जवाफ पठाएका छन् । गएको बिहीबार ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पेस गर्न आयोगले गरेको पत्राचारअनुसार दुवै समूहले बुधवार जवाफ पठाएका हुन् ।
ओली पक्षबाट नेता सुवास नेम्वाङको टोलीले र प्रचण्ड पक्षका नेता लीलामणि पोखरेलसहितको टोलीले आयोगमा गएर जवाफ पेस गरेका हुन् ।

जवाफमा ओली समूहले नेकपा विभाजन नभएको र पुष्पकमल दाहाल प्रचण्ड दोस्रो वरीयताको अध्यक्ष कायम रहेको जानकारी गराएको छ ।

यस्तै प्रचण्ड–नेपाल समूहले ओलीलाई अनुशासनको कारबाही गर्दै माधव नेपाललाई अध्यक्ष नियुक्त गरेको विवरण पेस गर्नुको औचित्य र वैधानिकता नभएको दावी ओली समूहले गरेको छ ।
प्रचण्ड–नेपाल पक्षले भने आयोगलाई संवैधानिक अङ्गको धर्म नबिर्सिन र त्यसले पार्न सक्ने दूरगामी असरका बारेमा सोच्न आग्रह गरेको छ ।

आयोगले मागेका कागजात र विवरण आफूहरूले पहिले नै पठाइसकेको प्रचण्ड–नेपाल समूहको जवाफ रहेको छ । झण्डै दुई तिहाइ केन्द्रीय सदस्य आफूहरूसँग रहेकाले आफूहरू नै मूल नेकपा भएको प्रचण्ड–नेपाल पक्षले दाबी गर्दै आएको छ ।

ओली पक्षले पहिलो वरीयताको अध्यक्ष र महासचिव विनाका बैठकका निर्णयहरू आधिकारिक नहुने अडानसहित आफूहरू नै आधिकारिक भएको दाबी गर्दै आएको छ ।


  •  
  •  
  •