प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन(फोटो फिचर)

805
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार देशव्यापी विरोध प्रदर्शन गरेको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले आज प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जन प्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रदर्शनमा नेकपाका शीर्ष नेता सहभागी थिए ।

भृकुटीमण्डपबाट शुरु भएको प्रदर्शनमा शहीद ढोका, वीर अस्पताल, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो । प्रदर्शनमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतका शीर्ष नेताको सहभागिता रहेको छ । भृकुटीमण्डपमा सभालाई तीनै नेताले सम्बोधन गर्दै थिए ।

तस्बिरमा हेर्नुहोस्

तस्बिरः प्रचण्डको फेसबुकबाट


  •  
  •  
  •