प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षको वृहत प्रदर्शन

423
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आज वृहत प्रदर्शन गर्ने भएको छ।
बिहीबारको केन्द्रीय कमिटीको निर्णयअनुसार बिहान साढे ९ बजे सबै केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्यलगायत माइतीघर मण्डलामा भेला हुनेछन्। त्यसपछि मध्यान्ह १२ बजे निर्वाचन आयोग जाने कार्यक्रम तय गरिएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूपक्षीय धेरैभन्दा धेरै कार्यकर्तालाई विरोध प्रदर्शनमा उपस्थित हुनसमेत आग्रह गरेका छन्। पार्टीबाट घोषित कार्यक्रमअनुसार आजै २ बजे अध्यक्षहरुका तर्फबाट पत्रकार सम्मेलन गरिनेछ। प्रचण्ड–नेपाल पक्षले नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५०१ सदस्यीय प्रतिगमनविरुद्ध संघर्ष समिति गठन गरेको छ।


  •  
  •  
  •