काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले बुधबार सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने भएको छ । मंगलबार बालुवाटारमा बसेको बैठकले कार्यकर्ता भेलामा सम्वोधन गर्ने गरि वक्तासमेत तोकिएको छ।
वक्ताका साथै आफूपक्षीय कार्यकर्ताको समन्वयका लागि समन्वयकर्ता तोकिएको हो। गण्डकी प्रदेशको वक्तामा टोपवहादुर रायमाझी तोकिएको छ। कर्णाालीमा शंकर पोखरेल र यामलाल कँडेललाई जिम्मेवारी दिइएको छ।
सुदूरपश्चिम प्रदेशमा प्रदीप ज्ञवाली, लेखराज भट्ट, र कर्ण थापाले सम्वोधन गर्ने भएका छन्। लुम्बिनीमा खिमलाल भट्टराईले ओली पक्षका कार्यकर्ता भेलाको संयोजन गर्ने जिम्मेवारी पाएका छन्। प्रदेश २ को संयोजनको जिम्मेवारी सुमन प्याकुरेलले गर्ने बताइएको छ। साथै, वागमतीको संयोजन आनन्द पोखरेलले गर्ने निर्णय भेलाले गरेको छ।