काठमाडौं । नेकपा स्थायी कमिटीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ।
आइतबार बसेको नेकपा स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो । उक्त बैठकमा प्रधानमन्त्री ओली र उनीपक्षीय नेता भने सहभागी थिएनन्।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्यले यस्तो निर्णय गरेका हुन्। नेकपा केन्द्रीय कमिटी बैठक आगामी पुस ७ गते बोलाउने निर्णय पनि गरिएको छ।