काठमाडौं । बिहीबार बेलुका ५ बजेका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटपछि बैठक स्थगित भएको हो । ओलीलाई भेट्न बिहीबार पौने ४ बजे प्रचण्ड बालुवाटार पुगेका थिए। दुई नेताबीच करिब ३० मिनेट छलफल भएको थियो।

मंगलबार जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय बुधबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी तर खारेज गर्ने निर्णय गरिएको अध्यादेशको प्रावधान अनुसार नै बोलाइएको थियो। बैठकबारे सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले अनभिज्ञता जनाएको थियो। त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले उपस्थित नहुने बताएका थिए।