दुवै अध्यक्षकाे प्रस्ताव स्थायी कमिटीमा लैजाने नेकपाकाे निर्णय

66
  •  
  •  
  •  

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय सचिवालयमा पेश भएका सबै प्रस्तावलाई छलफलका लागि स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयमा पेश गरेका प्रस्ताव छलफलका लागि आइतबार बस्ने स्थायी कमिटीको बैठकमा लैजाने निर्णय गरेको हो।

 बैठकले प्रस्तावमाथि ठोस निर्णय गर्न नसकेपछि स्थायी कमिटीमा लैजाने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। नेकपाको स्थायी कमिटी बैठक आइतबार, २१ मंसीरमा दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ।

यसअघि १८ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक सचिवालय बैठक लम्बिएपछि २१ गतेका लागि सारिएको थियो । स्थायी कमिटी बैठक लगत्तै मंसिर २५ गतेदेखि केन्द्रीय समिति बैठक बोलाइएको छ।


  •  
  •  
  •