नेकपा सचिवालय बैठक आज बस्दै

69
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालयको बैठक आज बस्दैछ । दिउँसो बस्ने बैठकमा यसअघि अध्यक्षद्वयले छुट्टा छुट्टै पेश गरेका प्रतिवेदनमाथि छलफल हुने नेताहरुले बताएका छन् ।

फाइल तस्बिर

एक अर्काप्रति गम्भीर आरोप प्रत्यारोपसहित छुट्टा छ्ट्टै राजनीतिक प्रस्ताव अघि सारेका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सहमतिको नयाँ विकल्पबारे छलफल नै नगरी तीन दिनअघि स्थगित गरिएको बैठकमा शनिबार छलफल हुन लागेको हो । दुवै अध्यक्षका प्रस्तावलाई मिलाएर विवाद समाधानका लागि दोस्रो तहका नेताहरु लागिपरेपनि शीर्ष नेताहरुको अडानका कारण अपेक्षाकृत परीणाम आउन सकेको छैन ।

यही मंसिर १७ गते बसेको सचिवालय बैठकपछि ओली र दाहालबीच औपचारिक संवाद नभएपनि ओलीले आफ्ना सहयोगीमार्फत दाहालसँग छलफल गरिरहेका छन् । उनले पार्टी एकताको मर्मअनुसार सहमतिमै दुवै अध्यक्षको मत आउनुपर्ने भन्दै दाहाललाई दवाव दिइरहेका छन् ।

यता दालल पक्षका नेताहरुले भने बैठकमा दुवै प्रस्ताव पेश भइसकेकाले छलफलबाटै निर्णय गर्नुपर्ने अडान राख्दै आएका छन् । दाहालले प्रधानमन्त्री समस्या समाधानका लागि आफू सच्चिने भए बैठकमै उपस्थित भएर छलफल हुनुपर्ने अडान लिएका छन् ।


  •  
  •  
  •