ओली उपस्थित नभएपछि नेकपा सचिवालय बैठक स्थगित

67
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री ओली उपस्थित नभएपछि बैठक २० गतेका लागि स्थगित भएको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबार बसेको पार्टीको सचिवालय बैठकमा अध्यक्ष ओली उपस्थित भएका थिएनन् ।

पार्टीमा देखा परेको संकट र विद्यमान समस्याहरुको समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक उपयुक्त र उचित हुन्छ भन्ने निष्कर्ष निकाल्दै बैठक स्थगित गरिएको हो।

अध्यक्ष केपी ओलीको आगामी बैठकमा अनिवार्य उपस्थितिको अपेक्षा सहित उहाँलाई बैठकमा आउन अनुरोध गर्ने निष्कर्षका साथ अब सचिवालयको बैठक आगामी २० गते १ बजे बस्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

उनका अनुसार, १८ गतेका लागि तोकिएको स्थायी कमिटी बैठक पनि २१ गते १ बजेदेखि बस्ने निर्णय भएका छ ।


  •  
  •  
  •