नेकपाको सचिवालय बैठक सर्‍यो

68
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ।

फाइल तस्बिर

मंगलबार बसेको सचिवालय बैठकले बुधबार दिउँसो १ बजेको लागि बैठक तय गरेको थियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरुको कार्यव्यस्तताका कारणले बैठक केही समय सरेको बताए।

उनका अनुसार बैठक दिउँसो २ बजे बैठक बस्नेछ ।
मंगलबार बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुबीच चर्काचर्की भएको थियो।

प्रचण्डले ल्याएको राजनीतिक प्रस्ताव र त्यसको जवाफमा ओलीले पेश गरेको दुबै प्रस्तावलाई सचिवालय बैठकमा छलफल गर्ने कि नगर्ने भन्ने विषयमा मंगलबारको बैठकमा विवाद भएको थियो।


  •  
  •  
  •