प्रचण्डले पौडेल र नेम्वाङसँग गरे छलफल

59
  •  
  •  
  •  

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङसँग छलफल गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बोलाएर पौडेल र नेम्वाङसँग अध्यक्ष प्रचण्डले छलफल गरेका हुन् । दुवै नेतासँग प्रचण्डले छुट्टाछुट्टै छलफल गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।

नेकपाको गत बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले यसअघि सचिवालयमा प्रचण्डले पेश गरेको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिएका थिए ।

उनले छुट्टै प्रस्ताव ल्याउने बताएपछि आगामी मंसिर १३ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।
शुक्रबारको छलफलमा नेताहरुले यसअघि दाहालले ओलीलाई आरोप लगाउँदै तयार गरेको प्रतिवेदन फिर्ता लिएर समस्या समाधानको वाटोमा अघि बढन आग्रह गरेका छन् ।

दाहालले भने आफ्नो प्रस्तावको विषयमा अब पार्टीको वैधानिक निकाय सचिवालय, स्थायी समिति र केन्द्रिय समितिमै छलफल हुने भन्दै फिर्ता नहुने अडान दोहोर्‍याएका छन् ।


  •  
  •  
  •