समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजनकाे खतरा बढ्यो: उपप्रधानमन्त्री पोखरेल

74
  •  
  •  
  •  

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकताभन्दा पहिलेको आवद्धताका आधारमा समीकरण बनाएका कारण नेकपामा विभाजनको खतरा बढेको बताएका छन्।

‘एकताकावेला गरिएको सहमतिविपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खवरदारी गरौं। व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं।’

नेकपामा केहि दिनयता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि विवाद चर्केको छ। आन्तरिक विवाद चुलिँदा दुवै पक्षले पार्टी विभाजन गर्ने गतिबिधि गरेको भनी एक अर्कालाई आरोप प्रत्यारोप सुरु गरेका बेला पोखरेलले यस्तो बताएका हुन् ।


  •  
  •  
  •