विष्णु पौडेल भन्छन्, ‘नेकपाको एकीकृत अस्तित्वमा गम्भीर संकट’

84
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टी एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।

लामो समयदेखिकाे नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला महासचिव पौडेलले पार्टीको एकीकृत र अविभाज्य अस्तित्वकासामू गम्भीर संकट उत्पन्न भएको धारणा सार्वजनिक गरेका हुन्।

आइतबार सामाजिक सञ्जाल ट्विटरबाट ट्विट गर्दै उनले आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध समेत गरेको छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकताका सुत्रधार मानिएका पौडेल पछिल्लो समय एकता बचाउनका लागि निरन्तर सक्रिय भूमिका खेलिरहेका छन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा लामो समय मतभेद रहँदा पौडेलले नै सम्पर्क सुत्रका रूपमा काम गर्दै संवादको वातावरण सिर्जना गर्दै आइरहेका छन्।

पछिल्लो समय राजदूत नियुक्ति र कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध आएको अविश्वास प्रस्तावपछि अध्यक्षद्वयबीच उत्पन्न मतभेदमा उनले सक्रिय भूमिका खेलिरहेका छन्। करीब डेढ सातासम्म अध्यक्षद्वयबीच भेट नहुँदा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँगै पौडेलले पनि खुमलटार पुगेर दाहालसँग भेट गरेका थिए। त्यसपछि शनिबार दाहाल ओलीलाई भेट्न खुमलटार पुगेका थिए।

हेर्नुहोस्

 


  •  
  •  
  •