नेकपाले भन्यो ‘बढीगण्डकी परियोजनाबारे भट्टराईको अभिव्यक्ति आधारहिन’

92
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले डा.बाबुराम भट्टराइले बुढीगण्डकी परियोजनाबारे दिएको अभिव्यक्ति आधारहिन, गलत र कपोकल्पित रहेको भन्दै भत्सना गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेतले बुढीगण्डकी परियोजनामा अर्बौ रकम घुसलिएको भनि सार्वजनिकरुपमा प्रकट गरेको अभिव्यक्ति आधारहिन भएको भन्दै भत्सना गरेका हुन् ।

प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी त्यससँग सम्बन्धित तथाकथित कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारि निकायमा पेश गर्न चुनौति दिन्छौ । यद्यपी त्यस प्रकारको कृृत्रिम आरोप तथाकथित प्रमाणको हौवा भ्रमको खेती मात्र हो भन्ने स्पष्ट नै छ ।’

यस्तै श्रेष्ठले राज्यको गरिमामय उच्च पद सम्हालि सकेका व्यक्तिबाट प्रचारित यस प्रकारको आपत्तिजनक एवं गैरजिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजकि क्षमा याचना हुनुपर्ने समेत उल्लेख गरेका छन् ।


  •  
  •  
  •