ओली–प्रचण्डबीच आज पनि छलफल, ठोस निष्कर्ष निस्कन सकेन

124
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज पनि छलफल भएको छ । पार्टी कर्णाली संसदीय दलमा समस्या देखिएका विषयमा छलफल भएको हो ।

फाइल तस्बिर

बालुवाटारमा भएको छलफलमा ठोस निष्कर्ष ननिस्किएको र नियमित कुराकानी मात्रै भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।
कर्णाली प्रदेशका पदाधिकारी, प्रदेशका सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, निलम्बन गरिएका मुख्य सचेतक गुलाबजंग शाह, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित नेताहरू काठमाडौं झिकाइएको छ । बिहीबार दुवै अध्यक्ष बसेर छलफल गर्ने कार्यसूची छ ।


  •  
  •  
  •