नेकपाको सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित

143
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

फाइल तस्बिर

शनिबार अपरान्ह चार बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै आइतबारसम्मका लागि स्थगित गरिएको हो । बैठक आइतबार अपरान्ह चार बजेका लागि तय गरिएको छ ।

शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।

सचिवालय बैठकमा राजदूत नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल गर्ने तयारी छ । प्रधानमन्त्री ओलीले पार्टीसँग सल्लाह नगरी राजदूतहरू नियुक्त गरेको भन्दै नेकपामा असन्तुष्टि बढेको छ ।

बिहीबार सरकारले अमेरिकाको लागि डा।युवराज खतिवडा,लोकदर्शन रेग्मीलाई बेलायत र निर्मल विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत सिफारिस गरेको थियो।
सरकारको निर्णयप्रति सचिवालय सदस्यहरु माधब नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतले असन्तुष्टि ब्यक्त गरिसकेका छन ।

मन्त्रिपरिषद पुर्नगठनका मापदण्डका विषयमा पनि दुई अध्यक्षबीच सहमति जुटन नसकेकाले सचिवालयले पनि सो विषयमा पुनः प्रवेश पाउने अनुमान गरिएको छ ।


  •  
  •  
  •