नेकपाले बोलायो सचिवालय बैठक

123
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा शनिबार बैठक बोलाउने सहमति भएको हो।

फाइल तस्बिर

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने तय भएको छ। प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा राजदूत सिफारिस गरेको भन्दै सचिवालयका सदस्यहरूले आपत्ति जनाएका छन्।

बिहीबार सरकारले अमेरिकाको लागि डा.युवराज खतिवडा,लोकदर्शन रेग्मीलाई बेलायत र निर्मल विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत सिफारिस गरेको थियो।

सरकारको निर्णयप्रति सचिवालय सदस्यहरु माधब नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतले असन्तुष्टि ब्यक्त गरिसकेका छन । सरकारको निर्णयको विषयमा अध्यक्ष दाहालले समेत प्रधानमन्त्री ओलीसँग असन्तुष्टि जनाएको बुझिएको छ ।

मन्त्रिपरिषद पुर्नगठनका मापदण्डका विषयमा पनि दुई अध्यक्षबीच सहमति जुटन नसकेकाले सचिवालयले पनि सो विषयमा पुनः प्रवेश पाउने अनुमान गरिएको छ ।


  •  
  •  
  •