ओली–प्रचण्डबीच दुई घण्टाबढी छलफल, आज पनि सहमति जुट्न सकेन

97
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आजपनि छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा दुई घण्टा बढी छलफल भएको हो ।


फाइल तस्बिर

सोमबारको छलफल पनि बिना निष्कर्ष टुंगिएको छ। मन्त्रिपरिषद् पुनर्गठनका विषयमा दुई अध्यक्षबीच पछिल्ला दिनमा निरन्तर छलफल भइरहे पनि सहमति जुट्न सकेको छैन। उनीहरूबीच बिहीबार, शुक्रबार र आइतबार पनि यही विषयमा छलफल भएको थियो।

६ असोजमा बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद् पुनर्गठन दुई अध्यक्षको सहमतिमा गर्ने भनिएको थियो। त्यसयता दुई अध्यक्षबीच छलफल हुँदै आएको छ।


  •  
  •  
  •