नेकपाको सचिवालय बैठक पेरिसडाँडामा बस्दै, ओली पनि सहभागी हुने

91
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पेरिसडाँडामा बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।
बैठकमा मन्त्रिमण्डल पुनर्गठनदेखि संवैधानिक नियुक्तिसम्मका विषयमा छलफल हुने बताइएको छ ।
संवैधानिक पदमा रिक्त रहेका पदहरुका विषयमा समेत सचिवालय बैठकमा छलफल हुनेछ।

सांगठनिक एकताका विषयमा समेत सचिवालय बैठकमा एजेण्डाको रुपमा पेश भई छलफल हुने भएको छ। पार्टी एकताका बाँकी काम असोजभित्र पुरागर्ने स्थायी कमिटीले निर्णय गरेपछि सचिवालय बैठकमा छलफल हुन लागेको हो।

गत शुक्रवार बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।


  •  
  •  
  •