नेकपा सचिवालय बैठक दुई दिनका लागि सर्‍यो

96
  •  
  •  
  •  

काठमाडौं । शुक्रबार बिहान ११ बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

फाइल तस्बिर

बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको थियो। बैठक असोज ४ गतेका लागि सरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

बैठकमा मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक निकायमा रिक्त रहेका पद, सांगठनिक एकतालगायतका एजेण्डा थियो ।
पेरिसडाँडास्थित कार्यालयमा पार्टीको सचिवालय बैठक बस्न लागेपछि तयारी तिब्र पारिएको थियो । यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका थिए।


  •  
  •  
  •