ओलीलाई भेट्न गए प्रचण्ड र झलनाथ

287
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता झलनाथ खनाल अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएका छन्।

यसअघि ओलीइतर समूहले बालुवाटारमै स्थायी कमिटी बैठक शुरू गरेको थियो। बैठक बीचमै रोकेर प्रचण्ड र खनाल प्रधानमन्त्री ओलीलाई भेट्न गएका हुन्।

पटक–पटक रोकिँदै आएको स्थायी समिति बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको थियो ।

प्रधानमन्त्री ओलीले बैठक अनिश्चितकालका लागि स्थगित गरे पनि प्रचण्ड, बरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका थिए।

उनीहरू पक्षका अरू स्थायी कमिटी सदस्य पनि बालुवाटार पुगेपछि उनीहरूले बैठक शुरू गरेका हुन्।

बरिष्ठ नेता झलनाथ खनालले बैठकमा २५ जना स्थायी कमिटी सदस्य सहभागी रहेको बताए। नेकपा स्थायी कमिटीमा अहिले ४४ जना सदस्य छन्।

प्रचण्ड र झलनाथ प्रधानमन्त्रीलाई भेट्न गएपछि स्थायी समिति बैठक अहिले अवरूद्ध भएको छ।


  •  
  •  
  •