नेकपाको स्थायी कमिटी बैठक स्थगित

185
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ। बिहान ११ बजे बस्ने भनिएको बैठक शीर्ष नेतहरुबीच सहमति जुट्न नसकेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको हो

फाइल तस्बिर

बैठक स्थगित भएको सूचना स्थायी कमिटि सदस्यहरुलाई पठाइएको छ । प्रधामन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्यका लागि बैठक स्थगित गरिएको बताए ।

ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सचिवलायको बैठकको निर्णय र निर्देशन बमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले मंगलबारका लागि तय भएको स्थायी कमिटि बैठक स्थगित भएको उनले उल्लेख गरेका छन् ।

यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक बाढी पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा जुट्ने प्रस्ताव पास गर्दै स्थगित गरिएको थियो ।


  •  
  •  
  •