‘प्रचण्डलाई झुक्याएर राष्ट्रपति निवास लगिएको होइन’

194
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नाराणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डलाई झुक्काएर राष्ट्रपति निवास लगेको भन्ने कुरा सत्य नभएको बताएका छन्।

तस्बिरः प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापा

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्ड शीतलनिवास गएको कुरा सत्य भए पनि झुक्याएर लगेको भन्ने सत्य नभएको बताएका हुन् ।
सञ्चारकर्मीहरुको एक प्रश्नमा उनले भने, ‘जानु भएको सत्य हो, तर झुक्याएर कसैले लैजाँदैन, झुक्किएर कोही जाँदैन ।’

 


  •  
  •  
  •