पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो बटमलाइन होः प्रवक्ता श्रेष्ठ

279
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा र महाधिवेशनको तयारी नै अहिलेको निकासको सूत्र हुन सक्ने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रवक्ता श्रेष्ठले पार्टी एकीकरणको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकास सूत्रको रूपमा प्रस्तुत गरेका हुन् ।

‘‘पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो बटमलाइन हो । यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा, लोकतन्त्रको रक्षा एवं विस्तार, समाजवादउन्मुख सामाजिक–आर्थिक रूपान्तरण हो,’ श्रेष्ठले ट्विट गरेका छन्, ‘तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाऔँ।’


  •  
  •  
  •