नेकपाको सचिवालय बैठक शनिबार बस्ने

206
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार बस्ने भएको छ । नेकपाले शनिबार दिउँसो ३ बजेका लागि बैठक बोलाएको नेकपाले जनाएको छ ।

फाइल तस्बिर

यसैबीच शुक्रबार बस्ने भनिएको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । बिहान ११ बजे बोलाएर दिउँसो ३ बजेसम्म स्थगित भनिएको थियो । बैठक फेरि आइतबारसम्मको लागि स्थगित भएको छ ।

पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाकाअनुसार बैठक आइतबार दिउँसो ३ बजे बस्नेछ । पार्टीभित्रको विवादका कारण नेकपा स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ ।


  •  
  •  
  •