नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित, अर्को बैठक आइतबार

176
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार ११ बजेका लागि बोलाइएको बैठक दुई अध्यक्षबीच छलफलका लागि भन्दै  दिउँसो ३ बजेका लागि सारिएको थियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार तथा नेकपाका प्रचारप्रसार विभाग उपप्रमुख सूर्य थापाले बैठक साउन ४ गते ३ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् ।

बिहीबार बसेको अध्यक्षद्वयको बैठकमा नेताहरुका अडान कायमै रहेपछि आज स्थायी कमिटी बैठक टुंगाएर केन्द्रीय कमिटी बैठक बोलाउन नेताहरु सहमत भएका थिए ।

गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १४ गतेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि अवरुद्ध रहँदै आएको छ । बैठक असार १६ गतदेखि बस्न सकेको छैन ।

 


  •  
  •  
  •