नेकपा स्थायी कमिटी बैठक आज बस्दै

191
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । बिहीबार बसेको अध्यक्षद्वयको बैठकमा नेताहरुका अडान कायमै रहेपछि आज स्थायी कमिटी बैठक टुंगाएर केन्द्रीय कमिटी बैठक बोलाउन नेताहरु सहमत भएका हुन् ।

फाइल तस्बिर

लामो समयदेखि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएका छलफलमा समस्या समाधान नभएपछि नेकपाको विवाद केन्द्रीय कमिटीमा जाने भएको हो ।

आज स्थायी कमिटीको बैठक टुंग्याएर सहमतिमै विवाद समाधानका लागि केन्द्रीय कमिटी बैठक बोलाउन सहमति भएको एक नेताले जानकारी दिए ।

गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १४ गतेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि अवरुद्ध रहँदै आएको छ । बैठक असार १६ गतदेखि बस्न सकेको छैन ।


  •  
  •  
  •