नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच तीन घण्टा लामो छलफल

232
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच तीन घण्टा लामो छलफल भएको छ। बिहान ११ः३० बजे देखि शुरु भएको ‘वान अन वान’ वार्ता सकिएको छ। बुधबारको छलफलमा कुनै सहमति भए नभएको बारे केही खुलाइएको छैन।

फाइल तस्बिर

२४ असार देखि दुई अध्यक्ष बीच वार्ता हुन सकेको थिएन। २६ असारमा बोलाइएको स्थायी कमिटी २ साउनसम्म स्थगित भएपछि दाहाल चितवन गएका थिए।

सोमबार दाहाल काठमाडौं आए पनि मंगलबार कुराकानी हुन सकेन। दाहाल बालुवाटार पुगेपनि बिना छलफल खुमलटार फर्किएका थिए।

असार १० गते सुरु भएको पार्टी स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो। स्थायी समिति बैठकमा बोल्ने अधिकांश नेताले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेका थिए।

पार्टीभित्र देखिएको विवाद समधानका लागि दुई अध्यक्षबीच निरन्तर छलफल हुँदै आएको छ तर पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन।


  •  
  •  
  •