नेकपा दुई अध्यक्षबीचको वार्ता सकियाे, छलफल जारी राख्‍ने

स्थायी कमिटी बैठक बुधबार बस्ने
222
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि दुई अध्यक्षबीचको वार्ता सकिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  दुई नेताबीच झण्डै ३ घण्टा छलफल भएको हो । उक्त वार्ताले कुनै निचोड नदिए पनि संवादलाई निरन्तरता दिइने भएको छ।

अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार भएको यो छलफललाई निरन्तरता दिएर बुधबार स्थायी कमिटी बैठक पनि राखिने भएको छ।

प्रधानमन्त्री अ‌ोलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीचको सोमबारको छलफल सकारात्मक छ । उनका अनुसार दुई अध्यक्षबीच छलफललाई निरन्तरता दिने समझदारी भएको छ ।

असार १० देखि जारी नेकपा स्थायी कमिटी बैठक कार्यसूची भन्‍दा फरक विषय प्रवेश गरेपछि प्रभावित छ ।

मदन जयन्तीको दिन प्रधानमन्त्री अ‌ोलीले छिमेकी भारत र नेकपा नेता भित्रभित्रै सरकार हटाउन लागेको बताएका थिए । सोही विषय र नेकपा (एमाले) नामक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको विषयले बैठकमा प्रवेश पाएपछि पार्टीभित्र विवाद बढेको हो ।

बैठकमा नेकपाका शीर्ष नेताले नै भारतले नभएर अ‌ाफूहरुले नै प्रधानमन्त्रीको राजीनामा मागेको बताउँदै आएका छन् ।


  •  
  •  
  •