ओली–दाहालबीच आज पनि एक्ला–एक्लै वार्ता

243
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक द्वन्द्व समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आजपनि वार्ता सुरु भएको छ ।

फाइल तस्बिर

पार्टी एकताको मर्मअनुसार अघि बढ्ने समझदारीका साथ वार्ता गरिरहेका दुई अध्यक्षले स्थायी कमिटी बैठकअघि नै आन्तरिक विवाद टुंग्याउने प्रयासमा बैठक स्थगित गरेर अध्यक्षद्वय वार्तामा जुटेका हुन् ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग छलफल गर्न अर्का अध्यक्ष ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।

पछिल्लो पटक विभाजनसम्म पुग्न लागेको नेकपाको एकतालाई जोगाई राख्न दुवै अध्यक्ष लचिलो भएपछि सहमतिको प्रयास भईरहेको छ । दुई अध्यक्षबीच जेठ २ को सहमति कि मंसिर ४ गतेको सहमति वा नयाँ सहमति गरेर अगाडी बढ्ने भन्नेमा छलफल केन्द्रीत रहेको छ । सम्भवत आजसम्म सहमतिको एउटा खाका तयार हुन सक्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीलाई राजीनामा दिनुपर्ने प्रचण्ड पक्षको माग र दुवै पद नछाड्ने ओलीको अडानका बीच नेकपामा आन्तरिक कलह चुलिएको छ । विवाद चर्किएपछि स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ ।


  •  
  •  
  •