नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित

227
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

फाइल तस्बिर

प्रधानमन्त्रीको राजीनामा माग भएपछि पटक पटक स्थगित हुँदै आएको बैठक आज ११ बजेका लागि तय भएको थियो । पार्टी अध्यक्षबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले पार्टी स्थायी कमिटीको बैठक २४ गते ११ बजेसम्मको लागि स्थगित भएको जानकारी गराए ।

आइतबार पनि दुई नेताबीच सहमति प्रयासका लागि छलफल भएपछि ठोस निस्कर्ष आउन सकेको छैन । सहमतिका आधार तय गर्न कार्यदल निर्माण गरिएको छ । कार्यदलमा ओली पक्षबाट महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल छन् ।

दाहालका तर्फबाट ऊर्जामन्त्री वर्षमान पुन र स्थायी कमिटि सदस्य जनार्दन शर्मा सदस्य छन् । दाहाल राजीनामा दिने माग्ने र अध्यक्ष ओली प्रधानमन्त्रीबाट राजीनामा नदिने अडानमा रहेका कारण कुरा मिल्न सकेको छैन ।


  •  
  •  
  •