नेकपा स्थायी कमिटीको बैठक आज पनि बस्दै

223
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा रणनीति तय गर्नका लागि अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आज बिहान स्थायी कमिटीका सबै सदस्यलाई आफ्नो निवास खुमलटार बोलाएका छन् ।

फाइल तस्बिर

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल निकट स्थायी समिति सदस्यहरू ललितपुरको एक होटलमा भेला भएका छन् । बैठकमा उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा लगायत भेलामा उपस्थित छन् ।

यसअघि बुधबार बसेको स्थायी समिति वैठकमा बोल्ने नेताहरुले पनि प्रधानमन्त्री ओलीले पद त्याग गरेर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका थिए ।


  •  
  •  
  •