नेकपा स्थायी कमिटी बैठकः प्रधानमन्त्रीको राजीनामा मागियो

41
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।

फाइल फोटो

उनीसँगै अन्य वरिष्ठ नेताहरुले समेत ओलीको राजीनामा मागेका छन्। मंगलबारको बैठकमा बोल्दै अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले सरकार र पार्टी सञ्चालनमा असफल भएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरे ।

बैठकको सुरुमै अध्यक्ष प्रचण्डले नम्र स्वरमा बोल्न सुरु गरेका थिए। तर, विस्तारै उनी कडारुपमा प्रस्तुत भएको बैठकमा उपस्थित एक नेताले जानकारी दिए।
उनले पछिल्ला राजनीतिक घटनाक्रमको व्याख्या गर्दै यस अवधिमा भएका गल्ति कमजोरी औँल्याएका थिए।

त्यसपछि प्रचण्डले प्रधानमन्त्री ओलीले आइतबार ‘सरकार ढाल्न भारत र नेपालकै केही राजनीतिक शक्ति सक्रिय रहेको भन्ने’ भनाईतिर संकेत गर्दै सरकार र पार्टी दुबैमा असफल भएकोले आँफैले राजीनामा मागेको बताए।

अध्यक्ष दाहालले राजीनामा दूतावास वा अन्य कोहीले नभएर आफुले मागेको स्पष्ट पारेका हुन् । उनले भने, ‘राजीनामा दिल्ली या अरुले मागेको होइन । मैले मागेको हो । तपाईं दुवै पद छोड्दिनुस् ।’

कार्यसूचीमा प्रवेश नगरि सकियो बैठक

नेकपाको स्थायी कमिटी बैठक निर्धारित कार्यसूचीमा प्रवेश र छलफल नगरि सकिएको छ ।

सरकार हटाउन भारत लागिपरेको र पार्टीकै नेताहरुको संलग्नता रहेको भन्दै ओलीले अभिव्यक्ति दिएपछि मङ्गलबार स्थायी कमिटी त्यही विषयमा केन्द्रित भएको थियो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमालेको नाममा दल दर्ताका लागिपरेको निवेदनको विषयमा छलफल भएको बताएका छन् ।

बैठकमा आज सीमा समस्यासम्बन्धी छलफल सकाएर कोभिड–१९ को विषयमा कार्यसूची रहे पनि छलफल हुन नसकेको उनको भनाइ छ ।

सीमा समस्या विषयमा बोल्न बाँकी सदस्यहरुले बोल्ने र कोभिड–१९ को विषयमा छलफल गर्ने समझदारी बनेको थियो । तर यो बीचमा अन्य विषयमा पनि पार्टीमा छलफल गर्नुपर्ने आवश्यकता महसुस गरेर स्थायी कमिटीले मदन जयन्तीका अवसरमा प्रधानमन्त्रीले आफूलाई हटाउन खोजेको, भारत र पार्टीका नेताहरुकैसंलग्नताको पनि चर्चा भएको सन्दर्भमा स्पष्ट हुनुपर्ने भएकाले छलफल आवश्यक रहेको थियो ।

श्रेष्ठले भने, ‘अर्को विषय दुई दिन अगाडि निर्वाचन आयोगमा नेकपा एमाले नाम गरेको पार्टी दर्ताको लागि आवेदन परेको कुराको सन्दर्भमा पार्टीको कुनै नेता कार्यकर्ताको संलग्नता छ÷छैन भन्ने विषयमा स्पष्ट हुन छलफल भयो ।

मङ्गलबारको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र भीम रावललगायत १८ जना नेताहरुले आफ्नो धारणा राखेका थिए । अर्को बैठक बुधबारका लागि बोलाइएको छ ।


  •  
  •  
  •