नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दै

315
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आजबाट स्थायी कमिटी सदस्यले धारणा राख्ने क्रम सुरु हुनेछ ।

यसअघि बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले धारणा राखेपछि शुक्रबारसम्मका लागि बैठक स्थगित भएको थियो । बुधबार दुई अध्यक्षले मात्र सम्बोधन गरेको बैठकमा आजदेखि सदस्यहरुले पेश गरिएको एजेण्डामाथि धारणा राख्ने छन् ।

बुधबारको बैठकले सातवटा एजेण्डा तय गरेको थियो । जसमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार सम्बन्ध सरकारले गरेका काम कारबाही, नेपालको सीमा समस्या र समाधानका लागि भएको प्रयास, सरकारको कामको समग्र समीक्षा, पार्टी एकताको बाँकी, एमसिसी, रूकुम घटना, नागरिकता विधेयक र सांसदको बैठक भत्ताबारे छलफल हुनेछ।

नेताहरुका अनुसार अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सदस्यहरुले सरकारको काम कारबाही र ओलीको पार्टी सञ्चालनबारे चर्को आलोचना गर्ने रणनीति तय गरेका छन्।

यसअघि नेकपाको स्थायी समिति बैठक गत पुस पहिलो हप्ता सबेको थियो। एमसिसीबारे निर्णय गर्न वैशाख २५ गते बैठक बोलाइए पनि अन्तिम समयमा स्थगित गरिएको थियो।