नेकपा स्थायी कमिटी बैठकको एजेण्डामा रुकुम पश्चिम घटना

306
  •  
  •  
  •  

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा रुकुम पश्चिम घटनालाई पनि एजेन्डाका रूपमा समेटिएको छ ।

बुधबारबाट शुरु भएको स्थायी कमिटी बैठकमा प्रारम्भमा रुकुम घटना एजेन्डामा थिएन । बैठकमा केही नेताहरूले रुकुम घटना पनि स्थायी कमिटी बैठकको एजेन्डा बनाइनुपर्ने आवाज उठाएपछि थपिएको बताइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आजको बैठकले ७ वटा एजेन्डा स्वीकृत गरेकोछ । जसअनुसार वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको संबोधन, कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठानिक एकतको बाँकी कामहरू सम्पन्न गर्ने एजेन्डा स्वीकृत गरेको छ ।

यस्तै एममसीसी, विविध अन्तर्गत रूकुम घटना, नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ताको एजेन्डा स्वीकृत भएको छ । अर्को बैठक असार १२ गते ११ बजे बालुवाटारमा बस्ने तय भएको छ ।


  •  
  •  
  •