एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित

239
  •  
  •  
  •  

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न बैठक दिउँसो ४ बजेका लागि बोलाइएको थियो ।

फाइल तस्बिर

अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव पौडेलबीचको परामर्शबाट बैठक स्थगित गरिएको बताइएको छ । तर स्थगित गर्नुको स्पष्ट कारण भने खुलाइएको छैन ।

यसअघि बोलाइएको सचिवालय बैठक पनि स्थगित भएको थियो । नेकपाले गत २७ गते पनि सचिवालय बैठक आह्वान गरेको थियो । एमसीसी नै मुख्य कार्यसूची बनाइएको त्यस दिनको बैठक अन्तिम समयमा स्थगित भएको थियो । ्
परियोजना लागु गर्नुपर्ने समय नजिकिँदै जाँदा एमसीसी संसद्ले अनुमोदन गर्ने कि नगर्ने भन्ने विवाद छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि नै पारित गर्न ध्यानाकर्षण गराइसकेको छ । कांग्रेस सरकारको पालामा ९२०७४ भदौ २९ गते० अनुदान सम्झौतामा हस्ताक्षर भएकाले यो सरकारले एमसीसी बिनासर्त पास गर्नुपर्ने उसको मत छ । पूर्ववर्ती सरकारले गरेका निर्णय सरकारले कार्यान्वयन गर्नुपर्ने कांग्रेसको धारणा रहिआएको छ ।


  •  
  •  
  •