ओली-प्रचण्डबीचको भेटवार्ता स्थगित, मन्त्रिमण्डल पुनर्गठन अनिश्चित

93
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको आजको भेटवार्ता स्थगित भएको छ ।

फाइल तस्बिर

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच हुने भनिएको भेटवार्ता एकाएक स्थगित भएको हो। ओली र दाहालबीचको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुनर्गठन पनि अनिश्चित बनेको छ ।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वयबीच गत बिहीबारयता दैनिक भेटवार्ता हुँदै आएको थियो । मंगलबार दुई नेताबीच भएको छलफलमा भेटवार्तालाई निरन्तरता दिँदै जाने सहमति भएपनि अध्यक्ष दाहालले आजको भेटवार्ता स्थगित गर्न आग्रह गरेपछि भेटवार्ता स्थगित भएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।


  •  
  •  
  •