नेकपाको सचिवालय बैठक फेरि स्थगित

41
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक फेरि स्थगित भएको छ ।  बिहीबारका लागि तय भएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि शुक्रबारसम्म लागि स्थगित गरिएको पार्टी प्रवक्तासमेत रहेका नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूलाई ज्वरो आयो । त्यसपछि सबै साथीहरुले प्रधानमन्त्रीलाई अस्वस्थ भएपछि आज नबसौं भन्ने सल्लाह भएर भोलि(शुक्रबार)सम्मका लागि बैठक स्थगित गरिएको छ’ उनले भने।

 

फाइल तस्बिर

साउन २८ गतेदेखि सचिवालय बैठक लगातार सर्दै आइरहेको थियो । सचिवालय बैठकमा केन्द्रीय कार्यसमितिको कार्य्विभाजन लगायतको विषयमा छलफल हुने एजेण्डा तय भएको थियो ।कार्यविभाजनमा स्कूल विभाग कसले लिने कुरामा विवाद देखिएको छ । उक्त विभागका लागि प्रवक्ता नारायाणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेलले दावी गर्दै आएका छन् ।


  •  
  •  
  •