नेकपा स्थायी कमिटी बैठक: सहमति खोज्नेे जिम्मा प्रचण्डलाई

225
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ । अध्यक्ष केपी ओली पक्षले एकलौटी ढंगले मंगलबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिदिएपछि प्रचण्ड र माधव नेपाल पक्षले बैठक राखेका हुन् ।

‘आजको बैठक यसअघि तोकिएको बैठककै निरन्तरता हो।  जुन बैठक अध्यक्ष कमरेड केपी ओलीले रोक्नु पार्टी विधानविपरीत र अनुचित भएको हो,’ बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग भने
‘ आजको बैठकले एजेन्डामा छलफल नगरी सहमतिका आधारमा आगामी बैठक राख्ने पहल गर्न अध्यक्ष कमरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ।’

श्रेष्ठले प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनालले प्रधामन्त्री ओलीलाई बैठकमा सहभागी हुन अनुरोध गरे पनि उनी नआएपछि आजको बैठक बसेको बताए।

‘बैठकमा सहभागी हुने निम्तोलाई उहाँले स्वीकार्नु भएन। त्यसपछि हामी बैठक बसेका हौं,’ श्रेष्ठले भने।

श्रेष्ठका अनुसार आजको बैठकमा २ जना आमन्त्रितसहित ३१ जना स्थायी कमिटी सदस्य सहभागी थिए। नेकपा स्थायी कमिटीमा अहिले ४४ जना सदस्य छन्।


  •  
  •  
  •