नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, अर्को बैठक मंगलबार बस्ने

193
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साउन ६ गते ११ बजेसम्मका लागि स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएकाे छ ।

फाइल तस्बिर

आइतबार नेकपाको स्थायी कमिटी बैठकमा आउँदो मंसिरमा महाधिवेशन गर्ने सम्बन्धी प्रस्ताव औपचारिक रुपमा पेश हुने सम्भावना रहेको बताइएको थियो । तर बैठक नै स्थगित भयो ।

केन्द्रीय सचिवालयमा ओलीले शनिबार महाधिवेशनको प्रस्ताव गर्दा त्यसमा दाहालले सहमति जनाएको खबर आएको थियो । तर प्रचण्डले आफू पक्षका नेतासँग आइतबार खुमलटारमा आफूले कुनै सहमति नगरेको बताएका थिए ।

असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीको राजीनामाको विषय उठेसँगै बैठक प्रभावित हुँदै आएको छ ।

विज्ञप्ति


  •  
  •  
  •