नेकपाभित्र देखिएको विवादमा सहमति खोज्न शीर्ष नेताहरु छलफलमा

189
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादमा सहमति खोज्न शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको छ।

फाइल तस्बिर

छलफलमा ओली पक्षका नेता बिष्णु पौडेल र शंकर पोखरेल सहभागी छन् । दाहाल पक्षबाट वर्षमान पुन र जनार्दन शर्मा पनि सहभागी छन् । राष्ट्रपति विद्या भण्डारीसँग छलफल गरेपछि दाहाल प्रधानमन्त्री ओलीसँग छलफलका लागि बालुवाटार पुगेका हुन् ।
आज १० बजे दुवै अध्यक्षबीच छलफल हुने भनिएता पनि १२ः३० मा मात्रै सुरु भएको हो ।

स्थायी समितिमा आफ्नो राजीनामा माग भएपछि ओलीले बिहीबार संसद बैठक स्थगित गरेका थिए । त्यसपछि नेकपाको विवाद झनै चुलिएको छ । विवादकै कारण स्थायी समिति बैठक भोलीसम्मका लागि स्थगित छ । ओलीले स्थायी समिति बैठकमा माग भए अनुसार प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद नछाड्ने बताएका छन् ।

अर्का अध्यक्ष दाहाल र बरिष्ठ नेता नेपाल भने पार्टी र सरकार अलोकप्रिय भइरहेको अवस्थामा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने पक्षमा छन् ।


  •  
  •  
  •