काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बैठक शुरु भएको हो ।
इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले बैठक शुरु भएको जानकारी गराए । इन्स्टाग्राममा तस्बिरसँगै उनले लेखेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा अध्यक्ष प्रचण्डको अध्यक्षतामा सुरु ।’
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटामार बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि प्रस्ताव तय गरेको थियो ।
स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेस गर्ने जनाइएको छ ।
प्रचण्डले अध्यक्षसँग रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शमा राजनीतिक प्रतिवेदन तयार गरेको बताइएको छ । बैठकमा पार्टीको विधान संशोधन, नेपाल–भारत सीमा समस्या, केन्द्रीय कमिटी बैठकलगायतका एजेन्डा पनि पेस हुने छन् ।