नक्कली सुनसहित तीन पक्राउ

484
  •  
  •  
  •  

काठमाडौं, १२ मंसिर(ओएनएस) । महानगरीय प्रहरी प्रभाग बल्खुले नक्कली सुनसहित तीनजनालाई पक्राउ गरेको छ ।

फाइल तस्बिर

पक्राउ पर्नेमा दाङका २८ वर्षीय गोपाल वि.क र २७ वर्षीय शिव कुमाल र सल्यानका २७ वर्षीय सञ्जयकुमार तिरुवा रहेका छन् ।उनीहरुलाई मंगलबार राति नियन्त्रणमा लिई बुधबार सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंहले बल्खुको रोयल गेष्ट हाउस अगाडि रोकी राखेको बा १० च ८९९२ नंम्को टाटा डिआई गाडीलाई जाँचका क्रममा नक्कली सुन एक किलोग्रामसहित उनीहरुलाई नियन्त्रणमा लिएको बताइन् ।

पक्राउ परेका व्यक्तिसँग प्रहरीले विद्युतीय तराजु एक थान, कैंची एक थान र नगद ३६ लाख ६५ हजार रुपैयाँ समेत बरामद गरेको छ । उनीहरुको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •