नक्कली हस्ताक्षर गरी रकम झिक्ने ६ जना पक्राउ

583
  •  
  •  
  •  

काठमाडौं । नक्कली हस्ताक्षर गरेर बैंक खाताबाट रकम झिक्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुलाई नगद १८ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल–३ घर भएका १९ वर्षीय सुभाष श्रेष्ठ र कुमार तामाङ, १८ वर्षका मनिष घिमिरे, २१ वर्षका अञ्जन बराल, बाग्लुङ गलकोट नगरपालिका–३ का २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोकको साबिक ज्यामिरे गाविस–९ का ३० वर्षीय गोविबन्द घिमिरे रहेका छन् ।
प्रहरीका अनुसार सुमन काठमाडौंको बुद्धनगर, गोबिन्द सुविधानगर र अन्य युवा कालिमाटी बस्दै आएका थिए । उनीहरुले बैंकमा खाता रहेका विभिन्न व्यक्तिहरुको चेकमा रहेको हस्ताक्षर चोरी गर्ने, ती व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर नयाँ चेक बुक निकाल्ने र हस्ताक्षर मिलाएर लाखौं रुपैयाँ निकाल्ने गरेको देखिएको प्रहरीले बताएको छ ।

उनीहरुले गोपालमान राजवाहकको हस्ताक्षर किर्तेगरी जनता बैंकमा रहेको खाताबाट पटक–पटक गरी १९ लाख ९० हजार रुपैयाँ निकालेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
बैंकका कर्मचारीको मिलेमतोको आशंकामा अनुसनधान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •