काठमाडौं ।
भारतीय पक्षले विराटनगरका उद्योगी व्यवयासीसँग तेस्रो देशबाट सामान आयात गर्दा भएको बिलम्बवापत लाग्ने जरिबाना बुझाउन ताकेता गरेको छ। कस्टम ट्रान्जिट डिक्लियरेन्सको प्राबधानभन्दा धेरै समयसम्म सीमामा रहेका कन्टेनरलाई लाग्ने जरिवाना बुझाउन पत्राचार गरिएको हो। जोगबनीस्थित बिहारको भन्सार कार्यालयले भन्सार एजेन्टमार्फत पत्राचार गर्दै उद्योगी ब्यवसायीलाई ताकेका गरिरहेको छ। भारतीय नाकाबन्दीको समयमा सीमानामा लामो समयसम्म कन्टेनर रोकिएका थिए।
विराटनगरका उद्योगी तथा व्यवसायीले मात्र जरिवाना पावत करोडौं रुपैयाँ बुझाउन बाँकी छ। उद्योग संगठन मोरङका अध्यक्ष शिवशंकर अग्रवालले अन्तर्राष्ट्रिय सिपिङ कम्पनीले भारतीय अधिकारीमार्फत ताकेता गरेको जानकारी दिए।
अन्नपूर्णपोष्टबाट