काठमाडौं छिर्ने नाकाबाट लाठी बरामद, सुरक्षा कडा

116
  •  
  •  
  •  

काठमाडौं १६ फागुन (ओएनएस) : एमाओवादी मोर्चाको प्रदर्शनलाई ध्यानमा राखि काठमाडौं छिर्ने चारवटै नाकामा सुरक्षा कडा पारेको छ । चेकजाँचका क्रममा ठूलो मात्रामा लाठी पनि बरामत गरिएको छ । चेकजाँच गर्दै बसको छत, डिक्कीमा राखेका लाठीहरु बरामत गरिएको प्रहरीको थानकोट चेकपोष्टका एक प्रहरीले बताए । सुरक्षाका लागि नाकाहरुमा ठूलो संख्यामा प्रहरी राखिएको छ । संविधानसभा भवन नजिकै एउटा ट्रकमा लुकाइराखेको दुई हजारभन्दा बढी लाठी पनि प्रहरीले बरामद गरेको छ।

महानगरीय प्रहरीको विशेष टोलीले गएराति नयाँ बानेश्वरस्थित पहिले ट्रली बस रहेको भवन परिसरबाट ट्रकसहित लाठी बरामद गरेको छ । त्यसैगरी थानकोटस्थित एक घरबाट सात सय लाठी प्रहरीले बरामद गरेको छ। जगते, कोटेश्वर, जटीबुटी, बालाजुलगायत स्थानबाट प्रहरीले लाठी बरामद गरेको छ।

शक्ति प्रदर्शनले हिंसात्मक नहोस् भन्ने सरकारले राजधानीको सुरक्षा व्यवस्थालाई कडा बनाएको छ। थानकोट, फर्पिङ, बालाजु बाइपास, बौद्धलगायतका सबै स्थानमा सवारी साधनलाई कडाइका साथ जाँच गरिएको छ।


  •  
  •  
  •