काठमाडौं १६ फागुन ।
नाकाबन्दी हटेको २३ दिन वितिसक्दा पनि वीरगन्ज भन्सार पूर्वावस्थामा र्फकन सकेको छैन ।वीरगन्ज भन्सारलाई लिएर आयातकर्तालाई अझै पनि त्रास कायमै रहेकाले पूर्वावस्थामा नाका सञ्चालन हुन सकेको छैन । नाका फेरी बन्द हुन्छ कि भन्ने आशंकामा आयातकर्ता रहेको वीरगन्ज भन्सार प्रवक्ता सुशील शर्माले बताए । राजश्व असुलीमा सर्वाधिक योगदान रहने सवारी साधनका आयातकर्ता अहिलेसम्म् यो नाकामा नफर्केको शर्माले बताए ।
‘यो नाकाबाट आयातहुने करिब ४० प्रतिशत सवारी साधान भैरहवाबाट भित्रन थालेका छन्, उनले भने, ‘बन्दमा भैरहवा गएका आयतकर्ता यता र्फकन चाहेका छैनन् ।
कारोबारबाट