भारत सीमामा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गर्न दिने सरकारकाे निर्णय

55
  •  
  •  
  •  

काठमाडौं । सरकारले नेपाल भारत सीमामा आइपुगेर अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ ।
कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले उनीहरुलाई एक पटकका लागि नेपाल प्रवेशको अनुमति दिने निर्णय गरेको हो । तर उनीहरु अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले सोमबारदेखि भारत र चीनका सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो ।

भारतबाट आएका ठुलो संख्यामा नेपालीहरु गड्डाचौकी नाकामा रोकिएका छन् । त्यहाँ तनाव समेत भएको थियो ।
सरकारका प्रवक्ता एवं सूचना तथा अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तिम पटकका लागि आउन दिने निर्णय भएको बताए । उनले भने, ‘ प्रदेश सरकारले स्थानीय प्रशासनसँग समन्वय गरेर १४ दिन होम क्वारेन्टाइन अनिवार्य भनेका छौं ।’


  •  
  •  
  •