आजदेखि भारत र चीनका सीमा नाका बन्द

60
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) संक्रमण रोकथामका लागि आजदेखि भारत र चीनका सीमा नाका बन्द गरिने भएको छ ।

कैलालीको गौरीफन्टा नाका

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोमबार बिहान १० बजेदेखि लागू हुनेगरी दुवै छिमेकी देशका सबै नाकाबाट हुने यात्रु आवागमन एक हप्ताका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

सीमा वारपारको ढुवानी भने नियमित हुनेछ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार राति सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले बताए ।
‘यो अहिले तत्कालका लागि लिइएको निर्णय हो । लामो समय रोक्नुपर्ने स्थिति आएमा दुई पक्षिय वार्ताबाट निर्णयमा पुग्नेछौ’ उनले भने ।

कोरोना संक्रमण विरुद्ध लड्नका लागि सरकारले केन्द्रीय राहत कोषकोे स्थापना गरेको छ । कोषमा सरकारले ५० करोड रुपैयाँ राख्ने भएको छ । त्यसैगरी संघीय सरकारका मन्त्रीहरुको एक महिनाको तलब पनि कोषमा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको छ ।


  •  
  •  
  •