नेपाल–भारत सीमानाका बन्द गर्नुपर्ने सांसद भुसालको प्रस्ताव

68
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले नेपाल–भारत सीमानाका बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेकी छिन् ।

फाइल तस्बिर

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बैठकमा बोल्दै उनले भारतले नेपालको सीमा मिच्ने कामलाई बढाउँदै लगेको बताएँदै सबै सीमा नाका बन्द गर्नुपर्ने तर्क गरिन् ।

दैनिक मिटरका दरले भारतीय सीमा सुरक्षा बलले हतियारको बलमा नेपालको हजारौं किलोमिटरसम्मको भूमि मिच्ने काम गरेकाले त्यसलाई रोक्न पनि दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्ने उनको भनाइ छ ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देबेन्द्रराज कँडलले नेपाल–भारतबीचको सीमा नाका बन्द गर्ने सत्तारुढ नेकपाकी सांसद भुसालको प्रस्तावप्रति आपत्ति जनाए ।

भौगोलिक रुपमा पनि निकट सम्बन्ध रहेको दुई मुलुकबीच सीमा नाका बन्द गर्न नमिल्ने उल्लेख गर्दै उनले बरु भूमि मिच्न नदिन सरकारले भारत सरकारसँग तत्काल कूटनीतिक पहल गर्नुपर्ने बताए ।


  •  
  •  
  •